नेपालगञ्ज कारागारमा कैदी मृत फेला

बाँके ।  नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत फेला परेका छन्।  जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएको अवस्था मृत फेला परेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए।

गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए।  घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताए।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation