
उपकार अनलाइन, बाणगंगा । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित मनकामना संस्कृत विद्यापिठ (गुरुकुलम) ले सर्वोकृष्ट नजिता प्राप्त गरेको छ ।
बाणगंगा २ नन्दगरमा रहेको मनकामना संस्कृत विद्यापिठ (गुरुकुलम) बाट ०७९ को एसईई परीक्षामा सहभागि ६ जना मध्ये ६ जना विद्यार्थी बटुकहरुले नै उत्कृष्ट नजिता ल्याएको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार ६ जना मध्ये १ जनाले ए प्लस र ५ जनाले ए ल्याएका छन् ।
यो उत्कृष्ट नतिजा ल्याउन सफल सबै विद्यार्थी बटुकहरुलाई विद्यालयले बधाई दिएको छ भने आगामी शैक्षिक सफलताको कामना गरेको छ ।