नेपाल दलित मुक्ति मोर्चा रुपन्देहीको चौथो जिल्ला भेला बुटवलमा सम्पन्न : संयोजकमा ध्रुव लामगाडे चयन

बुटवल । ने.क.पा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा रुपन्देहीको चौथो जिल्ला भेला आज शनिवार बुटवलमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश समितिका इन्चार्ज चक्रपाणी खनाल बलदेवले माओवादी पार्टीमा दलित समुदायको सहभागिता र लगानी धेरै भएको भन्दै दलित तथा सिमान्तकृत समुदायको उत्थान र सशक्तिकरणका लागि विभिन्न चरणमा संघर्ष गरि उनिहरुको मुद्धा स्थापित गरि संविद्यानमा अधिकार दिलाउनका लागि काम गरेको बताए ।पछिल्लो समय पार्टी सरकारका भएको बेला गरेका राम्रा कामहरुलाई जनस्तर सम्म पुरर्याउन नसक्दा जनता तथा कार्यकर्ताहरुमा नैराश्यता भएको भन्दै आगामि दिनमा सत्ता र शक्तिको प्रयोग गर्दै भष्ट्रचार विरुद्धको अभियानमा सबैले हातेमालो गर्नुपर्ने बताए । दलित तथा पछाडि परेको वर्ग समुदायले आफनो अधिकार प्राप्तिका लागि संगठित रुपमा आवाज उठाउदै सडक र सदनमा आफना मुद्धाहरुलाई जोड दिनु पर्ने भन्दै त्यसका लागि पार्टीले जुनसुकै बेला पनि सहयोग गर्ने प्रतिबद्धता गरे ।

त्यस्तै कार्यक्रमका बोल्दै ने।क।पा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य सुजित बिकले माओवादी जनयुद्धलाई उत्सर्गमा पु¥र्याउनका लागि दलित समुदायको महत्वपुर्ण भुमिका रहेको बताए । अहिले संविद्यानले दलित तथा लक्षित वर्गलाई दिएको अधिकार माओवादी आन्दोलनको उपज भएको भन्दै संविद्यान र कानुनले दिएको अधिकारलाई संस्थागत गर्नका लागि दलित समुदाय संगठित भैई आफु निकट पार्टी र तिनै तहका सरकारलाई घच्घच्याउनु पर्नेमा जोड दिए ।No description available.

नेपालका हरेक राजनीतिक दलहरुले कार्यक्रममा नेकपा। माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य दिपा बिक, दुर्गा सुनार ,किस्मत विक ,पदम बिक , गोविन्द पंगेनी, नारायण जि.शी, दिपिका शर्मा,रिज्जु श्रेष्ठ, लोक बहादुर नेपाली लगाएतले बोल्दै दलित समुदायको सशक्तिकरण र छुवाछुत मुक्त राष्ट्र निर्माणका लागि गैरदलित र दलित समुदाय बिचमा समन्वय र सहकार्यको जरुरी रहेको भन्दै संविद्यानले दिएको आधिकारलाई कार्यान्वयन ग¥र्याउनका लागि सरकार र सम्बन्धित निकायलाई दवाव दिनु पर्ने बताए ।

त्यस्तै उक्त भेलाबाट ध्रुव लामगाडेको संयोजत्वमा छव बहादुर नेपाली सचिव रहेकोमा ४७ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । नव गठित जिल्ला कार्यसमितीले ३ महिने संगठन सुध्रिढीकरण अभियान सञ्चालन गर्नुका साथै छुवाछुत घटना विरुद्धका कार्यक्रमहरु गर्ने मोर्चाका नवनिर्वाचित अध्यक्ष ध्रुव लामगाडेले जानकारी दिनुभयो । कार्यक्रम गोविन्द बहादुर ठटराईको अध्यक्षता , रामनाथ हरिजनको स्वागत मन्तव्य तथा प्रकाश परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation