सरकारको नेतृत्व गर्न पाए ५ वर्ष भित्रमा २०४६ साल पछि नभएको विकास गर्छौ : सांसद अर्याल

कपिलवस्तु । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपसभापति डिपी अर्याल ले रास्वपाले सरकारको नेतृत्व गर्न पाए पाँच वर्ष भित्रमा २०४६ साल पछि नेपालमा नभएको विकास गरेर देखाउने बताउनु भएको छ । आज कपिलवस्तुको बाणगङ्गामा भएको परिचयात्मक तथा कार्यक्रर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले नेपाली जनताले लामो समयदेखि नपाएको विकास पाँच वर्षको अवधिमा पाउने दाबी गर्नुभएको हो ।

पुर्व मन्त्री समेत रहनुभएका अर्यालले नेतृत्व गर्नेहरुमा इमान्दारीता नभएकै कारण प्रशस्त साधन स्रोत हुँदापनि देशको विकास हुन नसकेको बताउनु भएको छ । आफुहरु छोटो समय सरकारमा हुँदा पनि कायैँ सकरात्मक कामको सुरुवात गरेको स्मरण गर्दै अहिले प्रतिपक्षमा बसेपनि जनताको बोली बोलिरहेको उहाँले बताउनु भएको छ । त्यस्तै अर्यालले केहि महत्वपुर्ण कुरामा आफुहरुले आवाज उठाएपनि जस भने एमालेले लिएको बताउनु भएको छ । त्यस्तै उहाँले अहिले पद पाइएन भनेर दुखी नहुन पनि कार्यक्रताहरु माझ आग्रह गर्नुभएको छ । आफुहरु पदको लागि भन्दापनि काम गर्न आएकोले जुन ठाउँमा बसेपनि काम गरेर देखाउने आफुहरुको उद्देश्य रहेकोले पदको लोभ नर्गन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा रास्वपा जिल्ला सभापति शिव कुमार सुवेदीले जिल्लामा पार्टी भित्र र बाहिर थुपै्र समस्या रहेपनि अहिले समय व्यस्तताका कारण ति सबै समस्या केन्द्रीय प्रतिनिधि सगँ राख्न नसकिएको बताउनु भएको छ ।

केन्द्रीय समितिका प्रतिनिधि, लुम्बिनी प्रदेशका प्रतिनिधि र जिल्लाका सक्रिय कार्यक्रता लगायत विभिन्न व्याक्तिहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन भने रास्वपा बाणगंगा नगर सभापति बुद्धि सागर बेल्वासेले गर्नुभएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation