शिक्षक मल्ल र समाजसेवी खड्का द्वारा विद्यार्थीलाई पोशाक सहित शैक्षिक सामग्री वितरण

प्युठान। नेरा आधारभुत विद्यालय माण्डवी गाउँपालिका-५ जुजुनेटाका शिक्षक टोप बहादुर मल्ल र समाजसेवी सुवास खड्काले यज्ञश्वरी आधारभुत विद्यालय माण्डवी गाउँपालिका-४ सल्लिखर्कमा अध्ययनरत अति बिपन्न विद्यार्थीहरुलाइ नि:शुल्क रुपमा विद्यालयको पोसाक सहित आवश्यक शैक्षिक सामाग्री वितरण गर्नु भएको छ।

आज विद्यायमा आयोजित एक कार्यक्रमका विच शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको हो।विद्यालयमा अध्ययनरत १३ जना विपन्न विद्यार्थीहरुलाई सहयोग स्वरुप सामाग्री हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक गोपाल गाहाले बताउनु भयो।

विद्यार्थीको शैक्षिक क्षेत्रमा उहाँहरुले गर्नु भएको महत्त्वपूर्ण सहयोग प्रति विद्यालयले खुसी व्यक्त गर्दै हार्दिक आभार समेत प्रकट गरेको छ।शिक्षक मल्ल र समाजसेवी खड्का विगत लामो समय देखि समाज सेवामा समर्पित हुदै आउनु भएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation