
प्युठान। प्युठानको सरुमारानी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८०को वित्तीय प्रगति सार्वजनिक गरेको छ। चालू आर्थिक वर्ष २०७९/०८०को सम्पुर्ण खर्च तथा भुक्तानी सम्वन्धि लेखाङ्कन कार्य आज दिउँसो ३:०० वजे देखि बन्द गरिएको जनाउँदै गाउँपालिकाले वित्तीय प्रगति सार्वजनिक गरेको हो।
गाउँपालिकाले जारी गरेको सुचना अनुसार सो आर्थिक वर्षमा चालू तर्फ विनियोजन गरेको रकम रु.३२,३१,४८,६१७मध्ये रु.२६,७४,५५,३३०.९३ अर्थात ८२.७७% र पुजीगत खर्च तर्फ विनियोजन रकम रु.१९,५५,४०,३५० मध्ये रु.१७,२२,६५६२८.१९ अर्थात ८८.१० % वजेट खर्च भएको छ।
यस्तै समग्रमा कुल विनियोजित वजेट रकम रु.५१,८६,८८,९६७ मध्ये रु.४३,९७,२०,९५१.१२ अर्थात् ८४.७८% विकास बजेट खर्च भएको र रु.७,८९,६८,००७.८८ रुपैयाँ मौज्दात रहेको प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक र लेखा अधिकृत टोप बहादुर शाही द्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ।साथै चालू आर्थिक वर्ष २०७९/०८०को वजेट नीति तथा कार्यक्रम सफल रुपमा कार्यान्वयनमा सहयोग गर्ने निर्वाचित जनप्रतिनिधि ,कर्मचारी तथा सरोकारवाला सवै प्रति गाउँपालिकाले हार्दिक आभार समेत व्यक्त गरेको छ।