
दाङ । तुलसीपुर उपमहानगरपालिका १ धनुबासमा पहिरोले पुरिएर एक वृद्धको मृत्यु भएको छ । शनिबार बेलुकी बाटोमा हिँड्दै गर्दा आएको पहिरोले पुरेर स्थानीय ६५ वर्षीय बलिराम खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घटना दुर्गम ठाउँमा भएकाले ढिलोमात्र जानकारी आएको प्रहरीले जनाएको छ ।