यो सरकारको तागत नै झुट बोल्नु : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको तागत नै झुट बोल्नु भएको बताएका छन् ।पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै केपी ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम छर्ने षड्यन्त्र भइरहेको बताए ।

पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी राखेको भनेर प्रचार गरिएको तथा मिटर ब्याजसम्बन्धी अध्यादेश रोकेको भनेर प्रचार गरेको भन्दै उनले असन्तुष्टि जनाए ।

‘केटाकेटीको बल नै रुनमा हुन्छ, बाआमाले टेरेन भने रोएरै आफ्नो पक्षमा पर्छ’ उनले अघि भने, ‘अहिलेको सरकारको तागत झुट बोल्ने, अफवाह फैलाउने हो । गठबन्धनको यही देखिन्छ ।’

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation