रूकुम पश्चिमका एकै घरका ३ जनाको भारतमा पहिरोले पुरिएर मृत्यु

रुकुम ।  त्रिबेणी गाउपालिका रूकुम पश्चिम का एकै घरका ३ जनाको रोजगारीको सिलसिलामा भारतको सिम्ला भन्ने ठाउमा पहिरोले पुरिएर मृत्यु भएको छ । साहुको ऋण तिर्न, रोजगारी को सिलसिलामा भारत पुगेका त्रिवेणी गाउँपालिका वडा नम्बर ९ रूकुम पश्चिम का एकै घर ४ जना मध्य ३ जनाको मृत्यु भएको छ ।
एक जना भने घर भन्दा बाहिर भएकाले बाच्न सफल भएका छन् । 5/7 दिनको अविरल बर्षाको कारणले आफू बसिरहेको घरको माथि बाट आएको पहिरोले आज २५ गते बिहान ११ बजेको समयमा पहिरोले पुरिएर मृत्युु भएको हो । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका वडा नं ९ रुकुम पश्चिम् का ४८ बर्षका दिपबहादुर ओली, उनका श्रीमती ५० बर्षकी भिमा ओली र उनका कान्छो छोरा माेहन ओली रहेका छन् । उनका जेठा छोरा भने बसिरहेको घर भन्दा बाहिर भएकाले बाच्न सफल भएका हुन् ।
केही दिन मात्र उनी रोजगारीको सिलसिलामा भारत पुगेका थिए । उनको घरको अबस्था नाजुक भएकाले सहयोगको लागि निम्न नम्बरमा सम्पर्क गर्नु होला 9866206609/9812812429

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation