सीता दाहालकाे निधनमा भारतीय प्रधानमन्त्री माेदीद्वारा दुःख व्यक्त

काठमाण्डाै । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालकाे निधनमा दुःख व्यक्त गर्नुभएकाे छ ।

भारतीय प्रधानमन्त्री माेदीले ट्वीट गर्दै सीता दाहालको निधन भएकाे खबरले मर्माहत भएकाे बताउनुभएकाे छ । माेदीले परिवारप्रति समवेदना प्रकट पनि गर्नुभएकाे छ ।

सीता दाहालको थापाथलीमा रहेकाे नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान निधन भएको हो । दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि पीडित हुनुहुन्थ्यो । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । दाहाल माओवादी केन्द्रको सल्लाहकारसमेत हुनुहुन्थ्यो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation