चट्याङ लागेर गुल्मीमा बालिकाको मृत्यु

गुल्मी  । गुल्मीमा चट्याङ लागेर एक जना बालिकाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ सिम्ले निवासी टीका बलालको चट्याङ लागेर मृत्यु भएको हो ।

आफ्नै घरमा काम गरिरहेकी १५ वर्षीया बलालको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चट्याङबाट घाइते भएकी उनको बाग्लुङ जिल्लाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation