दुर्गमका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार गर्न बजेट अभाव छैन : मन्त्री आचार्य

काठमाण्डाै ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धारमा बजेट अभाव नभएको बताउनुभएको छ।

बिहीवार आज राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री आचार्यले दुर्गम क्षेत्रमा गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार गर्नका लागि बजेटको कमी नरहेको बताउनुभएको हो।

उहाँले आउँदाे आर्थिक वर्षमा याे कार्यक्रमको प्रभावकारिता हेरेर थप परिमार्जन गर्ने र निरन्तरता दिने उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयले अहिलेसम्म ५ सय ३६ जनाको हवाई उद्धार गरिसकेको जानकारी दिनुभयो।

मन्त्री आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपाङ्गतामैत्री नमुना मन्त्रालयको रुपमा विकास गर्ने काम अगाडि बढिरहेको पनि बताउनु भयो।

उहाँले मन्त्रालयले दिएको ससर्त अनुदानको प्रभावकारिताको अनुगमन गरिने समेत बताउनु भयो ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation