सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले दियो मृत्यु दाबी भुक्तानी

कपिलवस्तु । आज बाणगङा नगरपालिका वडा नम्बर ९ मा रहेको नव प्रभात बचत तथा ऋण सहकारी सस्थाले आफ्नो शेयर तथा ऋण सदस्य राजु सिलवालको मृत्यु पछि उनकी श्रीमती शोभा सिलावाललाई रु २ लाख २० हजारको चेक एक कार्यक्रम बिच हस्तान्तरण गरेको छ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी सग गरेको ऋण बिमा अनुसार सो रकम दिएको हो ।

उक्त कार्यक्रममा वडा न ९ का वडा अध्यक्ष कमल पौडेलले बिमा निकै जरुरी रहेको र सबैलाई बिमा बारे बुझ्न आवश्यक छ पहिला शुरु गर्न गारो भए पनि पछि जोखिम बहन राम्रो हुने भएको सबैलाई बिमाको दाएरा आउन आग्रह गर्नु भयो र सानिमा रिलायन्स अनि नव प्रभात सहकारी धन्यवाद पनि दिनु भयो आर्थिक सहजीकरणको लागि।

सो कार्यक्रममा नव प्रभात सहकारीका अध्यक्ष वसन्त खनाल ,उपाध्यक्ष बिष्णु भुसाल अन्य पदाधिकारी कर्मचारीको उपस्थितिमा भएको थियो।।कार्यक्रम साबिक सानिमा लाइफ इन्स्योरेन्स जीतपुर साखाका प्रमुख तथा सस्थाका सचिब दीपक कुँवरको सहजीकरणमा भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation