
कपिलवस्तु । कपिलवस्तुमा खेतमा धान रोप्ने क्रममा चट्याङ् लागेर एक महिलाको ज्यान गएको छ । कपिलवस्तुको जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं.२ भुसुडी निवासी ३५ बर्षिया सबा खातुनको ज्यान गएको हो ।
प्रहरी चौकी लवनीको समन्वयमा पोस्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लैजाने तयारी गरिएको छ । खातूनको खेलमा धान रोप्ने क्रममा अचानक चट्याङ (चिर्री) पर्दा मृत्यु भएको हो।