साहित्यिक गतिविधि सहित पुस्तकालयमा मनाइयो भानु जयन्ती

कपिलवस्तु । नेपाली भाषा र साहित्य मा उल्लेख्य योगदान रहेका आदिकबी भानुभक्त आचार्य को २१०औ जन्मजयन्तिको अवसर पारेर बाणगङ्गा सामुदायिक पुस्तकालय जितपुरमा साहित्यिक कार्यक्रम सप्पन्न भएको छ।संस्था का अध्यक्ष दिलिप कार्की को अध्यक्षता मा भएको कार्यक्रम मा संस्थालाइ २०७३ शाल (स्थापना कालदेखि ) हाल सम्म निशुल्क भवन उपलब्ध गराउनु भएका यश क्षेत्र का वरिष्ठ समाजसेवी सागर प्रसाद श्रेष्ठ को प्रमुख आतिथ्यता गराइ कार्यक्रम संचालन गरिएको थियो।

आजको कार्यक्रम मा संस्था का सदस्य एबम शैक्षिक ब्याक्तित्व अनन्तराज रेग्मि,बाणगङ्गा साहित्यिक प्रतिष्ठान का अध्यक्ष कृष्ण प्रसाद पाण्डे लगायत ले आदिकवि भानुभक्त को संक्षिप्त जिवनी संगै कबिता वाचन गरि भब्यताका साथ कार्यक्रम सम्पन्न भएको संस्था का सचिब बुद्दी सागर बेल्बासे ले जनाउनुभएको छ।

कार्यक्रम मा संस्था का उपाध्यक्ष एबम नागरिक समाज कपिलवस्तु का अध्यक्ष दोलख बहादुर पछाइको स्वागत मन्तव्य ,कल्याणेश्वर महादेव मन्दिरका अध्यक्ष धर्मराज घिमिरे,संस्था का ब्यबस्थापक चित्रा भण्डारी ,कोषाध्यक्ष चन्द्रकला बर्तौला,जनता उच्च माद्यामिक बिध्यालयकी शिक्षिका राधिका आचार्य,गौतम बुद्द क्याम्पस का प्राध्यापक राजु उपाध्याय,बौद्ध शिक्षा संयोजक चतुरभुज पाण्डे लगायतको उपस्थिति र संस्था का सचीव बुद्दी सागर बेल्बासेको संचालन मा भएको कार्यक्रम समापन गर्दै अध्यक्ष दिलिप कार्किले आफ्नै अनुभव र अनुभुती कबिता संग्रह को कबिता बाचन गरि उपस्थित सबैले आदिकवी भानुभक्त को स्मरण गर्दै पुस्तकालय संचालन मा सागर श्रेष्ठले गरेको महत्त्वपूर्ण योगदानको खुलेर प्रशंसा गर्दै कार्यक्रम समापन भएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation