
सैनामैना । लायन्स क्लब अफ सैनामैन स्टारले वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ सैनामैना स्टारको बार्षिक कार्ययोजना अन्तरगत असार ३० गतेको पहिलो कार्यक्रम बृक्षारोपण कार्यक्रम सैनामैना नगर पालिका वडा नम्बर ७ को कार्यलय परिसरमा ५ वटा टि गाड सहित जम्म ५० वटा अमलाको विरूवा लगाईएको छ ।
कायक्रमको अध्यक्षता लायन्स बर्ष २०२३/२४ का अध्यक्ष शिबराज पोख्रेल ले गर्नु भएको थियो , कायक्रममा फस लेडि पदमा पोख्रेल सहित प्रमुख अतिथि फडेन्द्र प्रसाद शर्मा विशिष्ठ अतिथि प्रथम भ्वाइ डिस्टिक गभर्नर पुर्षोतम भक्त प्रधानाङ्ग, प्रथम जि एस टि कोलेस्ट राधिका भुसाल , कार्यवहाक वडा अध्यक्ष फत्त बहादुर पुन ,एरिया चार चिप कल्पना सिवाकोटि , क्लबका एक्टनसन चेयर प्रसन तथा लायन्स क्लव अफ सैनामैना मलमलाका संस्थापक अध्यक्ष कृष्ण प्रसाद शर्मा , लायन्स क्लब अफ सैनामैना स्टारका गाईडलाई प्रसन सरोज पन्थ, स्टारका संस्थापक अध्यक्ष कृष्ण ज्ञवाली सैनामैना मलमलाका अध्यक्ष विजय काफ्ले, सैनामैना ७ का जनप्रतिनिधि झुमा काउचा ,सर्मिला सुनार लायन्स क्लब अफ सैनामैना बोलबमको पूर्व अध्यक्ष सुसिला शर्मा,सेनामैना ७ का सामाजिक व्याक्तित्व टिकाराम उप्रेति, खिमराज पोख्रेल, खगराज न्यौपाने, नवप्रतिभा वचत तथा ऋण सहकारी सस्था बुटवलको कार्यलय प्रमुख सरस्वती पोख्रेल, समाजसेबी नारायण आचार्यको उपस्थिति रहेकोे थियो भने कायक्रममा स्वागत मन्तव्य क्लबका द्वितीय उपाध्यक्ष लायन जीवन घिमिरेले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सैनामैना नगर प्रमुख फडेन्द्र शर्माले लायन्स क्लब अफ सैनामैना स्टारसंग हरेक कार्यक्रममा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयको थियो । बिशेष अतिथिले भर्खरै पदभार ग्रहण गर्नुभएका स्टारका अध्यक्षलाई बधाई तथा सफल कार्यकालको शुभकामना सहित अन्तराष्ट्रिय क्लब को बारेमा बोल्नुभएको थियो भने उपस्थित सबैलाई हार्दिक धन्यवाद दिदै लायन्स क्लबका अध्यक्ष शिवराज पोख्रेलले कार्यक्रम समापन गर्नुभएको थियो। कार्यक्रमको सन्चालन क्लबका सचिव गणेश बेल्बासेले गर्नु भएको जानकारी कार्यक्रम संयोजक अर्जुन भणडारिले दिनु भयो ।