
उपकार अनलाइन, सैनामैना। रुपन्देहीको सैनामैना नगरपालिका वडा नं.१ मा रहेको सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय विद्यार्थीको प्रमुख रोजाई बन्दै गएको छ ।
कक्षा १ देखि १२ कक्षा सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा अहिले विद्यार्थीहरुको बढ्दो चापका कारण भर्ना पाउनै मुस्किल छ । पछिल्लो समय विद्यालयले नतिजा उत्कृष्ट दिन थालेको छ, जसका कारण बुटवल पश्चिममै विद्यार्थीहरुको रोजाईमा विद्यालय पर्न सफल भएको छ ।
विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले व्यवस्थापन, शिक्षाशास्त्र तथा विज्ञान संकाय गरि तीन फ्याकल्टीको अध्यापन भैरहेको बताउँदै एसईईको नतिजा आएसंगै विद्यार्थीहरु कक्षा ११ मा भर्नाका लागि आईरहेको बताउनु भयो । यसअघि कक्षा ११ मा तीनसय ७० जना विद्यार्थी भर्ना भएका थिए भने अहिले अझै धेरै विद्यार्थी अध्ययनका लागि आउने बिद्यालयले जनाएको छ ।
विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मण आचार्यले एसइई पास गरेका अरु विद्यालयका विद्यार्थीहरु समेत अध्ययनका लागि आउने गरेको र अहिले विद्यार्थी भर्नामा चाप पर्न थालेको बताउनु भयो ।
उक्त विद्यालयले विज्ञान विधातर्फ मूख्य बिषयमा फिजिक्स, केमेस्ट्री, बायोलोजी, कम्प्युटर साईन्स र म्याथ बिषय अध्यापन गराउँदै आएको छ । त्यसैगरी म्यानेजमेन्टतर्फ एकाउन्ट, मार्केटिङ, फाईनान्स बिषय अध्यापन गराउँदै आएको छ । शिक्षा फ्याकल्टीतर्फ अंग्रेजी, म्याथ, नेपाली, स्वास्थ्य, जनसंख्या, शिक्षा, साईक्लोजी लगायतका अनिवार्य विषय समावेश छन ।
गत बर्ष कक्षा ११ मा ३७० जना विद्यार्थी भर्ना भएका थिए । यो बर्ष यो संख्या समेत बढ्ने र सातवटा सेक्सन रहेकोमा थप अरु सेक्सनको व्यवस्था गर्नुपर्ने देखिएको विद्यालयले जनाएको छ ।
स्थानीय अभिभावकहरु विद्यालयका प्रधानाध्यापक र विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरुको मेहनत र लगनशीलताकै कारण विद्यालयले प्रगति गर्दै गएको बताएका छन । पछिल्लोसमय विद्यालयमा कक्षा १ देखि ९ कक्षासम्म पढ्नका लागि अरु विद्यालय छाडेर आउनेहरुको संख्यामा पनि बृद्धि भएको छ ।र मावि