
दाङ । दाङको तुलसीपुर बसपार्कमा बिहीबार राति ७३ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बलात्कारको आरोपमा तुलसीपुर उपमहानगरपालिका-१५ का ३० वर्षीय पुष्कर रोका र कुमाख गाउँपालिका-७ सल्यानका २० वर्षीय रेशम विकलाई तुलसीपुर बसपार्कबाट राति नै पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले बताए ।
प्यूठान स्वर्गद्वारी नगरपालिकाकी ७३ वर्षीया ती महिला वृद्धाश्रममा बस्दै आएको उनले जानकारी दिए ।
बिहीबार राति आफन्त भेट्न तुलसीपुर बसपार्कतर्फ जाँदा दुई युवाले सहयोग गर्ने बाहानामा ललाइफकाई बसपार्कभित्र पार्किङ गरिरहेको ना ४ ख ७८४८ नम्बरको बसभित्र लगेर पालैपालो बलात्कार गरेको उनले बताए ।












