
टिका खरेल, सैनामैना ।
रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा बहुमुखी क्याम्पसले बिधार्थीहरुलाई अध्ययनसंगै उनीहरुको अध्ययन लागतमा सहयोग पुर्याउने उद्धेश्यले बिभिन्न बिधार्थी लक्ष्ति कार्यक्रम गर्दै आएको छ ।
क्यामपसले बिभिन्न विधामा बिधार्थीहरु मार्फत नै कार्यक्रम प्रस्ताव माग गरी आएका प्रस्तावहरुबाट छनौट गरी बिधार्थीहरुलाई कार्यक्रम संचालन गर्ने अवसर दिदै आएको छ । यसका लागी क्याम्पसले बजेट ब्यवस्थापन समेत गर्दै आएको छ । यस बर्ष पनि क्याम्पसले बिभिन्न ६ वटा विधामा प्रस्ताव माग गरी आएका प्रस्तावहरु मध्ये छानिएका प्रस्तावहरुको कार्यक्रम संचालन गर्न बिधार्थीहरु छनौट गरी टोली बनाई जिम्मेवारी दिईएको छ । यसै बर्ष जनावरको हेरचाह, उद्घोषण तालिम, लागु पदार्थ सचेतना कार्यक्रम, हरियाली प्रर्वधन, प्लाष्टिक ब्यवस्थापन र न्यूनिकरण लगायतका बिषयमा प्रस्ताव माग गरिएको थियो र सो बिषयमा कार्यक्रम गर्ने गरी बिधार्थीहरु छनौट गरिएको छ ।
छनौट भएका बिधार्थीहरु आफ्ना कार्यक्रम सम्पन्न गर्न बिभिन्न संघ संस्था र सम्बन्धि क्षेत्रमा गई अध्ययन अवलोकन गर्ने छन । योजना बनाउने छन र कार्यक्रम सम्पन्न गर्ने छन । उनीहरुको कार्यक्रम सम्पन्न गर्न आर्थिक सहयोग भने क्याम्पसले गर्ने छ । हरेक कार्यक्रमका लागी बजेट छुटाईएको छ र छुटाएको रकमबाट उनीहरुले केही रकम बचत गर्ने छन । बचत रकम नै उनीहरुको आम्दानी हुने छ । आम्दानी रकमबाट उनीहरुले आफ्नो पढाईमा खर्चिने छन । क्याम्पसले अध्ययनसंगै बिभिन्न कार्यक्रम बनाएर आफुहरुलाई प्रत्यक्ष रुपमा सहभागी गराएर कार्यक्रम सम्पन्न गर्ने जिम्मेवारी दिदा आफुहरुमा क्षमता बृद्धिसंगै जिममेवारी बोध हुदै आएको क्याम्पसका बिधार्थी एवं प्लाष्टिक न्यूनिकरण तथा ब्यवस्थापन कार्यक्रमका टिम लिडर प्रतिमा पौडेले बताउनु भयो ।
“अब हामी कार्यक्रम लिएर बिभिन्न संघ संस्था र क्षेत्रमा अवलोकन भ्रमणमा जाने छौ र योजना बनाएर कार्यक्रम सम्पन्न गर्ने छौ ” हरीयाली प्रर्वधनका टिम लिडर एवं अर्का बिधार्थी माया घिमिरे भन्नुहुन्छ । बिधार्थीहरुलाई अध्ययनसंगै बिभिन्न सामाजिक कार्य पनि गर्नुपर्छ भन्ने भावना जागृत गराउनु क्यामपसले बिभिन्न रचनात्मक कार्यक्रमहरु बार्षिक रुपमा गर्दै आएको क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष खुशीराम चौधरीले बताउनु भएको छ । बिधार्थीहरुलाई प्रत्यक्ष रुपमा जिम्मेवारी दिएर कार्यक्रम संचालन गर्न दिदा उनीहरुमा ब्यक्तित्व बिकास हुनुको साथै क्षमता बिकास हुने र सिकाई प्रभावकारी हुने हुदा यस प्रकारका कार्यक्रमहरु क्याम्पसमा संचालन गर्दै आएको क्याम्पस प्रमुख हेम शर्माले बताउनु भयो । यसरी कार्यक्रम गर्दा बिधार्थीहरुको क्षमता बृद्धिसंगै उनीहरुलाई आर्थिक सहयोग पुग्ने र अध्ययन खर्चमा समेत सहयोग पुग्ने प्रमुख शर्माको भनाई छ ।
अध्ययनसंगै बिभिन्न क्षेत्रमा प्रत्यक्ष रुपमा सहभागी गराएर बिधार्थीहरुको सिकाई क्षमता बृद्धि गर्न यस प्रकारका कार्यक्रमले सकारत्मक भुमिका खेल्ने हुनाले बिभिन्न स्थलगत कार्यक्रम तय गरी क्याम्पसले बार्षिक रुपमा कार्यक्रम संचालन गदैं आएको क्याम्पसका रिसर्ज रिमाण्ड हेमन्त शर्माले बताउनु भयो ।
कार्यक्रम अनुसार टोली बनाईने छ । टोलीले पाएको जिम्मेवार अनुसार बिभिन्न बिधालय र क्षेत्रमा आफ्नो कार्यक्रम सम्पन्न गर्ने छ । छनौट कार्यक्रम अनुसार उनीहरुले बिधालय स्तरका बिधार्थीहरुमा लागु औषध सचेतना कार्यक्रम, प्लाष्टिक जन्य बस्तुको प्रयोगको असर र यसको न्यूनिकरण र कम प्रयोग कसरी गर्न सकिन्छ भन्ने बिषयमा सचेतना दिने छन । यसै गरी बृक्षारोपणको महत्वको बिषयमा सचेता दिदै ठाउ, ठाउमा बृक्षारोपण समेत गर्ने छन । छनौट कार्यक्रम अनुसारलाई पशुपन्छीको हेरचाह र उनीहरुको संरक्षर कसरी गर्न सकिन्छ भन्ने बिषयमा समेत क्याम्पसमा बिधार्थीहरु केन्द्रित हुने छन ।
क्याम्पसमा रहेका बिधार्थीहरु मार्फत नै समाजमा बिभिन्न सकारत्मक सन्देश दिदै समाज सुधार गर्नको लागी यस प्रकारको कार्यक्रमले सकारत्मक भुमिका खेल्ने समेत क्याम्पमले बिश्वास लिइएको छ । पर्रोहा बहुमुखी क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रमाणितको अन्तिम चरणमा समेत रहेको छ ।