
बुटवल । रुपन्देही प्रहरीले लागूऔषध, नगद र ३ मोटरसाइकलसहित ५ जनालाई पक्राउ गरेको छ । मायादेवी गाउँपालिका-२ कचकचाघाटबाट लागूऔषध ब्राउनसुगर ८ ग्राम ५१ मिलिग्राम र नगद ५८ हजार ७ सय २ रुपैयाँसहित शुक्रबार प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मायादेवी गाउँपालिका-१ का २४ वर्षीय राजकुमार दुसाध, ३० वर्षीय जगदीश कुर्मी, २७ वर्षीय राजकुमार कुर्मी, २३ वर्षीय गणेश चौधरी कुर्मी र २० वर्षीय कृष्ण कुर्मी रहेका छन् ।
प्रहरीले उनीहरूले प्रयोग गरेको लु २१ प ४७८९, लु२४प २१२ र लु२३ प ५८७० नम्बरका ३ वटा मोटरसाइकल समेत बरामद गरेको रुपन्देहीका प्रहरी प्रवक्ता श्यामू अर्यालले बताए ।












