कपिलवस्तु बाट अनुदानको मल ससुरालीमा लुकाउने सहकारीका अध्यक्ष पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा अनुदानको मल ससुरालीमा लुकाउने एक सहकारीका अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ३ स्थित ओम सहकारी संस्थाका अध्यक्ष भागिरथी यादव पक्राउ परेका हुन ।

प्रहरीले सहकारीका अध्यक्ष भागिरथीलाई बिक्री गर्न बाँकी मलसहित पक्राउ गरेर अपचलनको मुद्दा अगाडि बढाएको छ । उनले कृषि सामग्री कम्पनी लिमिटेडबाट साढे २९ क्वीन्टल डिएपी र १४ क्वीन्टल युरिया खरिद गरेर लगेका थिए ।

किनेको मल उनले सोही गाउँपालिका वडा नम्बर ६ स्थित आफ्नै ससुरा बनारसी यादवको घरका पु¥याएका थिए । ससुरालीको घरमा लगेको मल उनले बढी पैसा लिएर केही बोरा डिलर र अन्य मानिसहरूलाई बिक्री गरेको कुरा कृषकहरूले थाहा पाएपछि एक हप्ता अघि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो ।

अध्यक्ष यादवको उक्त क्रियाकलाप सार्वजनिक भएपछि प्रहरीले छापा हानेर ५४ बोरा रासायनिक मल बरामद ग¥यो । प्रहरीले छापा मार्नुअघि उनले ३२ बोरा मल बेचिसकेका थिए । प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतका अनुसार भागिरथी अहिले जिल्ला प्रहरी कार्यालयमा थुनामा छन् भने बरामद मल वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation