उद्योग व्यापार संघ कपिलवस्तु : कम्तिमा २० % वहाल घटाउनु पर्छ

कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुले कम्तिमा २०% वहाल घटाउन माग गरेको छ । कोभिडको महामारीपछि उद्योगी ब्यवसायी मारमा परेको हुनाले ब्यवसायिक घर/ जग्गा तथा सटरधनीलाई संघले यस्तो माग गरेको हो ।

शनिवार संघको कार्यालय वाणगंगा ४ जितपुरमा बसेको सातौँ नियमित वैठकले देशका विभिन्न सहर तथा बजारमा ब्यवसायीक घर जग्गा तथा सटरहरु खालि हुँदै गैरहेको हुदा वहालमा कम्तिामा २० प्रतिशत नघटाउने हो भने भयावहको स्थिति आउने भन्दै विज्ञप्ती जारी गरेको छ । यसको लागि स्थानीय सरकारले पनि पहल गर्नुपर्ने संघका अधयक्ष खिमानन्द पौडेल कोपिलको भनाई छ ।

बैठकमा उद्योग व्यापार संघका केन्दीय सदस्य टोपनाराण वेल्वासेले देशका विभिन्न सहर तथा बजारमा ब्यवसायीक घर जग्गा तथा सटरहरु खालि हुँदै गैरहेको बताए । उनले यसरि व्यवसायी पलायन हुन लागेको परिस्थति लाई मध्यनजर गर्दै व्यवसायी लाई थोरै भएपनि राहत तथा प्रोत्साहन गर्न घर भाडा कम गर्नु पर्नेमा जोड दिए ।

यस्तो नभएमा व्यवसायी पलायन हुनुको विकल्प नभएको भन्दै परिस्थतिलाई आत्मसात गरि व्यवसायी लाई थोरै भएपनि राहत दिन विज्ञप्तीमार्फत् संघले माग गरेको हो ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation