विजयनगरमा सडेको अवस्थामा एक पुरुषको सव फेला

कपिलवस्तु । कपिलवस्तुको विजयनगरमा सडेगलेको अवस्थामा एक पुरुषको सव फेला परेको छ । सोमबार गाउँपालिकाको वडा नम्बर ६ उवलपुरमा ५० वर्षीय पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

गौतमबुद्ध साझेदारी वन कार्यालयको पोखरीको नजिकै मृतक स्थानीय राम सहनी यादव रहेको प्रहरीले जनाएको छ । स्थानीयले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाइएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

स्थानीयले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाइएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation