सैनामैनामा अबिरल बर्षाका कारण घर डुवान

उपकार अनलाई, सैनामैना ।
गए राती देखिको अबिरल बर्षाका कारण ईङगुरीया खोलाले सैनामैना ८ भड्सा निवासी शङ्खमुनी थारुको घर डुवानमा परेको छ । यस्तै सोहि वडामा रहेको सतचिन्तन प्रतिष्ठानको भवन समेत डुवानमा परेको उपकार अनलाईनलाई जानकारी प्राप्त भएको छ ।
भड्सा निवासी शङ्खमुनी थारुका परिवारका सम्पूर्ण सदस्यहरु–३ जना र बाख्रा चौपाया –५ वटालाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरीक्षको कमाण्डमा खटिएको प्रहरी टोली तथा स्थानीयको संयुक्त प्रयासमा उद्दार गरिएको छ ।
वडा अध्यक्ष बुद्धिराम चौधरीको नेतृत्वमा डुवानमा परेको परिवारलाई स्थानीयको घरमा राखिएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । पानी परिरहेको कारण सचेत रहन स्थानीयलाई जानकारी गराइएको छ ।

No description available.

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation