विजयनगर बाट ३७ लाख भन्दा बढीको लत्ताकपडासहित मोटरसाइकल बरामद

कपिलबस्तु । कपिलवस्तुको बिजयनगर गाउँपालिका १ जवाबैराठ इलाकाबाट सशस्त्र प्रहरीले अवैध लत्ताकपडा बरामद गरेको छ । मंगलबार सशस्त्र प्रहरीले करीव ३७ लाख २० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाईकल बरामद गरेको हो ।

सोही ठाउँको जंगल इलाकामा वेवारिसे अवस्थामा रहेको सो लत्ताकपडा तथा भारतीय नम्बर प्लेटका चार वटा मोटरसाईकल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरले बरामद गरेको हो ।

बरामद लत्ताकपडा तथा मोटरसाईकल कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुमा बुझाइएको छ

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation