शितगंगा १४ का विभिन्न संरचनामा क्षती, अध्यक्षको नेतृत्वमा अनुगमन

कपिलवस्तु । गएराति देखि परेको अविरल वर्षाका कारण अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १४ का विभिन्न स्थानमा क्षति पुगेको छ । आज दिउस सम्म नै परेको वर्षाका कारण वडा भित्रका कयौं कृषि क्षेत्र र भौतिक संरचनामा क्षती पुगेको हो ।

क्षति भएका संरचना र स्थानको आज दिउस वडा अध्यक्ष दामोदर न्यौपानेको नेतृत्वमा सिमलपानी प्रहरी चौकी प्रमुख, वडा समिति, राजनैतिक दल तथा स्थानिय सहितको टोलिले अनुगमन समेत गरेको छ ।

प्रमुख क्षति हुने मध्ये बठेनी तोरिबारी लिफ्टिङ सिचाइको बाँधमा आंशिक क्षति, मुन्द्रेबास खानेपानी ट्याङ्किमा पुर्ण रुपमा क्षति, बिक्रमसोता खानेपानी ट्याङ्किमा पुर्ण रुपमा क्षति, बिक्रम सिचाइ योजनाको ड्याम्पमा आंशिक, कुलोमा आंशिक र खानेपानी ट्याङ्किमा क्षति र पाबर देखि सिमलपानी जाने बाटोका विभिन्न ठाउँमा पनि पहिरो खसेको वडा अध्यक्ष दामोदर न्यौपानेले बताउनु भएको छ ।

अनुगमनको क्रममा बोल्दै अध्यक्ष न्यौपानेले सोच्दै नसोचेका नगरेका भौतिक संरचना क्षति पुगेको बताउनु भएको छ । त्यसको पुन निर्माणको लागि आफुले तत्काल पहल गर्ने पनि उहाँले प्रतिबद्धता जनाउनु भएको छ ।

No description available.

May be an image of road

No photo description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation