रोल्पाको गंगादेवमा खोलाले बगाउदा एक जनाको ज्यान गयो

रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा खोलाले बगाउदा एक जनाको ज्यान गएको छ । जिल्लाको गंगादेव गाउँपालिका ५ बथानका करिब ६५ बर्षिय फौदबहादुर बुढामगरको खोलाले बगाउदा ज्यान गएको हो ।

आज (मंगलबार) दिउसो करिब ३ बजेको समयमा गंगादेव गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय नजिकै खोलाले बगाएर ल्याएको अबस्थामा स्थानियले फेला पारेका थिए । स्थानियले देखे पछि प्रहरीलाई खबर गरेपछि प्रहरी र स्थानियको टोलीले शवलाई पानिबाट निकालेर पहिचान गरेको थिए ।

मृतक फौदबहादुरको घर नजिकै खोला रहेकोले खोला तर्ने क्रममा बगाएको हुन सक्ने प्रहरीले प्रारभिक अनुमान गरेको छ । पाखापानी प्रहरी चौकीका असई योगेन्द्र कुमार पुनको कमान्डमा खटिएको प्रहरीको टोलीले अनुसन्धान गरेको हो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation