
कपिलवस्तु । बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले शिक्षा सम्बन्धि दिएको अभिव्यक्ति प्रति नेपाल विद्यार्थी संघ नेविसंघ बाणगंगाले ध्यानाकर्षण भएको जनाएको छ । केहि दिन पहिला नगरपालिकामा भएको शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मेयर आर्यालले संविधानले ग्यारेन्टी गरेको निशुल्क शिक्षाको व्यवस्थालाई नै चुनौती दिने अभिव्यक्ति दिएको भन्दै ध्यानाकर्षण गराएको हो ।
नेविसंघ बाणगंगा नगर संयोजक बिशाल अधिकारीद्वारा हस्ताक्षरित पत्रमा देशको कानुनले सुनिस्चित गरेको अधिकारलाई कार्यान्वयन गरेर अगाडी बढ्नुको साटो आफ्नो कर्तव्यभन्दा बाहिरको अभिव्यक्ति दिएको बताइएको छ । त्यस्तै नगरपालिकाले यथाशक्य छिटो माध्यमिक तहसम्म शिक्षा निशुल्क गर्नेतर्फ पहल कदमी लिन समेत नेविसंघ बाणगंगाको जोडदार माग रहेको छ ।