
प्रमिला विसी, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १३ का किसानहरु खेतबारीमा लगाएको अन्नवाली जंगली बदेलले नोक्सान गर्न थाले पछि समस्यामा परेका छन् । खेतवारीमा लगाएको मकै, लगाएतका अन्न रातको समयमा बदेलले सखाप नैे पारिदिन थाले पछि किसान समस्यामा परेका हुन् ।
पाक्ने बेलामा रहेको मकै रातको समयमा बदेलले बारीमा आएर मकै खाएर सखापै पारिदिन लागिसकेको किसानहरुको गुनासो छ । बदेल नियन्त्रणको लागि किसानहरुले सम्वन्धीत निकायलाई ध्यानाकर्षण गराएका छन् ।