
कपिलवस्तु । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले आर्थिक विकासको लागि व्यापार व्यवसाय गर्नै पर्ने बताउनु भएको छ । अब देशमा भौतिक विकास भन्दा पनि आर्थिक विकासको खाँचो रहेको उहाँको तर्क रहेको थियो ।
आज कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा भएको कर सम्बन्धी २ दिने तालिमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । अहिलेको परिस्थितिमा व्यवसाय गर्न निक्कै कठिन भएकोले व्यवसायिक सिप सङ्गै कर सम्बन्धी ज्ञान आर्जन गर्नु पनि उत्तिकै आवश्यक रहेको उहाँले बताउनु भएको थियो । देश अहिले आर्थिक सङ्कटमा फसिरहेकोले देशमा आर्थिक विकास गर्न व्यापार व्यवसाय गर्नै पर्ने आवश्यक रहेको तर त्यसको लागि हामिले सरकारले निर्धारण गरेका राजस्व, भन्सार र कर सम्बन्धी नीति नियम बुझ्न निक्कै आवश्यक रहेको उहाँले बताउनु भएको थियो । उहाँले अहिले मुलुकमा उद्योगी व्यवसायीको स्थिति प्रतिकुल अवस्थामा रहेको बताउँदै भन्नुभयो, ‘कर नतिर्दा धेरै व्यवसायीहरुको खातासंगै जग्गा रोक्का भएको अवस्था छ ।’
त्यस्तै कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले स्थानीय सरकारले गर्नुपर्ने काम उद्योग वाणिज्य संघले गरेकोमा धन्यवाद दिदै आगामि दिनमा यस्ता कार्यको लागि सहकार्य गर्न नगरपालिका सधै तयार रहेको बताउनु भएको थियो । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न नगरपालिका लागि परेको भन्दै यस्ता कर सम्बन्धी तालिम लिइसकेपछि व्यापारी व्यवसायीले अफ्नो कार्यमा आउने कर सम्बन्धी समस्यालई आफैले समाधान गर्न सके मात्र यस तालिमको औचित्य रहने बताउनु भएको थियो । स्थानीय सरकारले उठाउने कर सम्बन्धी नीति नियम स्थानीय सरकारले आफुखुसी नबनाउने प्रस्ट पार्दै त्यसको लागि संघिय सरकार देखि सम्पुर्ण संघ सस्था सङ्ग सहकार्य हुने बताउनु भएको थियो । स्थानीय तहको प्रयासले मात्र व्यवसायीहरुको व्यवसाय सुरक्षित र दिगो हुन नसक्ने बताउँदै उहाँले भन्नुभयो, ‘बेला बखतमा आउने मन्दिले व्यसायीहरुलाई आफ्ना व्यवसायीक गतिविधि संचालन गर्न अवरोध खडा गर्ने गरेको छ, जसको फलस्वरुप व्यवासायीहरु प्लायन भईरहेको अवस्था छ ।’ कर सम्बन्धी नीति नियम बनाउँदा उद्योग वाणिज्य संघ सधै पदेन सदस्यको रुपमा रहने व्यवस्था भएकोले ति नीति नियम राजस्व परामर्श समिति मार्फत कार्यपालिका हुँदै नगरसभाले अनुमोदन गरेपछि मात्र त्यसको लागु हुने बताउनु भएको थियो ।
त्यस्तै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले अहिलेको शिक्षा प्रमाणपत्रमा मात्र सिमित भैरहेकोले कर सम्बन्धि उचित ज्ञान प्रदान गर्नको लागि यस तालिमको सञ्चालन गरिएको बताउनु भएको थियो । यस तालिम मार्फत कपिलवस्तुका व्यवसायी र कर्मचारीले कर र राजस्व सम्बन्धी क्षेत्रमा दक्षता प्राप्त गरि आफ्नो कार्यमा सहज हुने बताउनु भएको थियो ।
फरक प्रसङ्गमा उहाँले अहिले सञ्चार माध्यममा धेरै नकरात्मक कुरालाई बढवा दिइरहेको भन्दै त्यसमा सञ्चार जगत गम्भिर बन्नुपर्ने बतउनु भएको थियो । सकरात्मक कुरालाई मोडेर नकरात्मक पक्ष बाट लेखिरहेको भन्दै पत्रकारीताको मर्म बुझेर पत्रकारीता गर्न पनि उहाँको सुझब रहेको थियो ।
उद्योग वााणिज्य महासंघ नेपालका केन्द्रिय सदस्य जमशेर अलिमियाले नेपाल सरकारको नितिले पनि कयौं दक्ष जनशक्ति विदेश पलायन भैरहेको बताउनु भएको थियो । यस्तो महत्वपुर्ण तालिमको सदुपयोग गर्न कपिलवस्तु उद्योग वाणिज्य संघमा आबद्ध सम्पुर्ण व्यवसायी आउनुपर्नेमा निक्कै कम उपस्थित हुनु दुःखद भएको बताउनु भएको थियो ।
त्यस्तै आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख उद्वराज न्यौपानेले कर बुझाउँदा जानेर बुझेर बुझाउनु पर्ने बताउनु भएको थियो । सरकारले निर्धारण गरेका करहरु बुझाउनु पर्ने प्रत्येक नागरिकको कर्तव्य रहेको तर सहि कर मात्र तिर्नुपर्ने बताउनु भएको थियो ।
त्यस्तै कपिलवस्तु उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष यज्ञ प्रसाद भट्टराइले दुई दिने कर सम्बन्धि तालिमले व्यवसायी र कर्मचारीलाई विशेष सहयोग पुग्ने बताउनु भएको थियो ।
२ दिने तालिमको उद्घाटन कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षता, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यता, बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।