
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म अवरोध गर्ने अडान राखेपछि सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।
प्रतिनिधि सभाको अर्को बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेछ । एमालेको अडानपछि सोमबार पनि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।
एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि पहिले सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान राख्दै आएको छ । उच्चस्तरीय समिति गठन नगरी संसद् चलाउन खोजेमा एमालेले वेल घेराउ गर्ने र संसद् चल्न नदिने सूचना सभामुखलाई सोमबार मध्यान्ह नै दिएको थियो ।