
सागर बेल्बासे, कपिलवस्तु ।
कपिलवस्तुको बुद्दभुमी ४ का घण्टी सुभेच्छुक समाजसेवी तारा प्रसाद न्यौपानेको निधनमा शोक ब्याक्त गर्न राष्ट्रिय स्वतन्त्र पार्टी का कपिलवस्तु जिल्ला सभापति शिव कुमार सुवेदिको नेतृत्वमा शोक सभा सप्पन्न भएको छ।
कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य एबम प्रदेश प्रवक्ता कमल पोख्रेल, क्षेत्रीय सदस्य माधव पराजुली ,अखिलेश्वर दुवे, बाणगङ्गा नगर सभापति बुद्दी सागर बेल्बासे, बाणगङ्गा ८ र ११ का वडा सभापति गोबिन्द जि सि र नारायण खनाल, बुद्दभुमी १ का सभापति शोभाखर पौडेल , वडा नम्बर २ का सल्लाहकार संयोजक कमल भट्टराई ,वडा नम्बर ४ का शिव अधिकारी लगायत त्यस क्षेत्र का अगुवाहरुको उपस्थितिमा शोक सभा गरिएको छ। कार्यक्रम मा प्रदेश प्रवक्ता कमल पोख्रेल ,क्षेत्रीय सदस्य कमल पराजुली,जिल्ला सभापति शिव कुमार सुवेदिले शोक मन्तव्य राख्दै स्वर्गीय ताराप्रसादले जिवनको उत्तरार्दमा पनि परिवर्तनको पक्षमा दिएको प्रेरणा हामी सबैले सिरोधार्य गर्दै शोकाकुल परिवार र आफन्तजन प्रती समबेदना ब्यक्त गर्नु भएको थियो । उपस्थित सबैले स्वर्गीय न्यौपानेको तस्बिरमा अबिर तथा पुश्प अर्पण गर्नुभएको थियो। कार्यक्रम को संचालन बुद्दी सागर बेल्बासेले गर्नुभएको थियो।