
कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिका-७ धन्धरामा पानीको हाहाकार भएको छ । धान राेपाई गर्न डिप बाेरिङ चलाएपछि जमिन सतह मुनिकाे पानी सुक्दा खानेपानीकाे चरम अभाव भएको छ । गत शुक्रबारदेखि धन्धराबासीलाई पानीकाे चरम समस्या भएको विजय कुमार चाैधरीले बताए ।
जमिन मुनिकाे पानी सुक्दा नल्कामा पानी नआएको हुन सक्ने उनले बताए । गाउँमा भएको कुवामा जम्मा भएको पानीले नुहाउन र लत्ताकपडा धुनसमेत समस्या भएको बताए । उनले गाउँमा जडान भएको ४० ओटै नल्का सुकेकाे जानकारी दिए । यस्तै पार्वती काेरीले नल्काबाट एक लिटर पानी निकाल्न १०/१५ मिनेट समय लाग्ने गरेकाे दुखेसो पाेखिन् । उनले भनिन् ‘शौचालय जान पानी छैन । शौचालय दुर्गन्धित बनेका छन् । हात धुनसमेत समस्या भएको छ’।
पानी नभएर गाउँमा ठुलाे समस्या खडा भएको उनले बताइन् । वडा अध्यक्ष दिनेश कुमार चाैधरीले छिमेकी गाउँ मधनगर र कप्तानगञ्जमा जडान गरिएको डिप बाेरिङ चलाउँदा पानीकाे समस्या सिर्जना भएको बताए । धान राेपाईका लागि लामाे समयसम्म बाेरिङ चलाएपछि नल्कामा पानी नआएको बताए । उनले ५५ घरधुरी रहेका धन्धराबासीलाई खानेपानीकाे चरम समस्या भएको बताए । उनले ५ सय फिट मुनि डिप बाेरिङ जडान गरिएको बताए ।
वडा अध्यक्ष चाैधरीले धन्धराबासीलाई पानीकाे समस्या समाधान नहुञ्जेलसम्म बाेरिङ चलाउन नदिने बताए । वडा अध्यक्ष चाैधरीले तत्काल गाउँमा भएका कुवालाई सरसफाइ गरि नुहाउन, लत्ताकपडा धुनका लागि व्यवस्थापन गरिएको बताए । कुवालाई वाटरगार्ड र पाेटास हालेर सरसफाई गरि व्यवस्थापनमा प्राविधिक टाेली खटिएको बताए ।
खाना पकाउन र पिउनका लागि तत्कालै वायाे स्यान्ड फिल्टरकाे व्यवस्था पनि गरिने उनले बताए । गाउँपालिकाका वास संयाेजक अर्जुन बेल्बासे र वडाले प्राविधिक टाेलीसमेत पानी व्यवस्थापनका लागि प्राविधिक टाेली खटिएको वडाले जनाएको छ ।