किसानको पिडामा स्थानीय सरकार गम्भीर नभएको भन्दै रास्वपा बाणगङ्गाले बुझायो ज्ञापन पत्र

कपिलवस्तु । पछिल्लो समय देस ब्यापी रुपमा देखिएको लम्पी स्किन रोगका कारण बाणगङ्गा नगर का धेरै पशुपालक लाई चिन्तित बनाएको छ।बाणगङ्गा सहित देसभर यस्को नियन्त्रण र रोकथाम मा सबै तहका सरकार गम्भीर हुन आग्रह गर्दै कपिलवस्तुको बाणगङ्गा नगरपालिका का नगर प्रमुख चक्रपाणि अर्याल लाई कार्यकक्षमा नै गएर रास्वपा नगर सभापति बुद्दी सागर बेल्बासे लगायत को टोलिले ज्ञापन पत्र बुझाएको छ।

राज्यको तर्फबाट रोग नियन्त्रण तथा रोकथामका लागि प्रयाप्त औषधि सहित का प्राबिधिक टोलि किसान का गोठ गोठमा पठाउनु पर्ने मा जम्मा १००० डोज भ्याक्सिन हाम्रो नगर मा आएको त्यो लगाएर सकिएको बिसयले धेरै किसान मर्कामा पर्ने हुंदा यो बिषयमा स्थानिय सरकार गम्भीर नभएको पाइएको छ।

यो रोगका कारण मरेका पशुपालक लाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग समेत रास्वपा कपिलवस्तु ले गरेको छ।केही समय यश बिषयमा नगर प्रमुख संग सल्लाह गर्दा यदि राज्यका पशु स्वास्थ विशेषज्ञ ले प्रमाणीकरण गर्ने उपयुुक्त भ्याक्सिन कहिँ पाएमा नगरले खरिद गरेरै भएपनी यश क्षेत्र का किसान को पिडामा सहयोग पुराउने कुरामा प्रतिबद्धता जनाउनुभएको छ।

जनता संग प्रत्यक्ष जोडिएका अत्यन्तै संवेदनशील बिषयमा राज्यलाइ हाम्रो सहयोग चाहिए हामी सहयोग गर्न तयार पनि छौ, राज्य निदाएको अभिनय गर्नु हुंदैन,अब त्यस्तो खाले अभिनय मा कुनै पनि तहका सरकार लाई हामिले छुट दिने छैनौ भन्ने कुरा समेत नगर सभापति बेल्बासे ले हाम्रा सम्बादाता लाई जनाउनु भएको छ।

ज्ञापन पत्र बुझाउन लुम्बिनी प्रदेस प्रवक्ता कमल पोख्रेल ,जिल्ला सभापति शिव कुमार सुवेदी,वाड नम्बर २ का सभापति षडानन्द न्यौपाने ,क्षेत्रीय सदस्य बिक्रम थापा लगायत को टोलि नगर प्रमुख को कार्यकक्षमा पुगेको थियो।विभिन्न काम ले नगर प्रमुख कक्षमा पुगेका सेवाग्राही का सामु रास्ट्रीय स्वतन्त्र पार्टी जिल्ला कार्यसमिति र बाणगङ्गा नगरकार्यसमिती को संयुक्त हस्ताक्षरित ज्ञापन पत्र वाचन गरि नगर प्रमुखलाइ बुझाउदा अन्य सेवाग्राही ले समेत रास्वपाको अभियान सकारात्मक भएको ले सबैको साथ सहयोग रहने जनाउनुभएको थियो।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख अर्याल ले समेत सबै समस्या का बिषयमा आआफ्ना पहुँच का आधारमा मिलेर काम गर्नुपर्ने सकारात्मक धारणा व्यक्त गर्नुभएको थियो।No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation