पर्यटकको पर्खाइमा रहेको डमरु दह (भिडियो सहित)

उपकार अनलाईन, रुपन्देही । अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका वडा नं. ३ ठाडामा डमरु दह पर्दछ । जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको डमरु दह ५२ रोपनी क्षेत्रफलमा फैलिएको छ । यो दह ६ फिट गहिरो रहेको छ भने दहमा बाह्रै महिना पानी हुने गर्दछ ।

गोरसिङ्गे सन्धिखर्क सडक खण्डको ३८ किलोमिटर दूरीमा पर्ने यस डमरु दहले विशेष महत्त्व बोकेको छ। प्राचीन कालमा लंकाका राजा रावण भगवान् शिवको ध्यान गर्न नर्तनाञ्चल पर्वत नरपानीमा जाने क्रममा थकित भएर उनले आफूले बोकेको बाण प्रहार गरी जल निकालेर स्नान गरेको र डमरु राखेको ठाउँमा डमरु आकारको दहनिर्माण भएको धार्मिक विश्वास छ।

चारैतिर हरियाली मनोरम दृश्य रहेको यो ठाउमा गर्मी छल्न तराईबाट यहाँ पर्यटक आउने गर्दछन् । धार्मिक स्थल डमरु दहमा कहिलेकाहीँ रातको समयमा बराह देवताको प्रतीकको रूपमा पानी भित्र नौ ओटा आगोको ज्वाला देख्न सकिने स्थानीय बताउँछन्। नजिकै सुपा देउराली मन्दिर र बाणगंगा नदीको काखमा अवस्थित यस डमरु दहको विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने र जिल्लाकै आर्थिक विकासमा टेवा पुग्ने स्थानीय बताउँछन्।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation