कांग्रेस सांसद सुनिल शर्मा गोल्फुटारबाट पक्राउ

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ  परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।

मोरङ–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।

प्रहरीले शर्मासँगै अरु दुई जनालाई पनि पक्राउ गरेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation