बुद्ध इङलिस स्कुलमा निःशुल्क स्वास्थ्य परिक्षण देखि उदघोषण, दुनाटपरि तथा माला बनाउने तालिम सम्म

विमल गैरे, सैनामैना ।
सैनामैना ७ मा रहेको बुद्ध इङलिस स्कुलमा विद्याथीहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । आज लुम्विनी प्रादेशिक अस्पताल बुटवलका बरिष्ट बालरोग विशेषज्ञ डा. मनोज कुशवाहाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको हो ।

विहान १० वजेबाट सुरु भएको स्वास्थ्य परिक्षण दिउँसो ३ बजे सम्म सञ्चालन भएको थियो । करिव ५ घण्टा सम्म सञ्चालन स्वास्थ्य परिक्षणबाट झण्डै १५० बढी विद्यार्थीले सेवा लिएका छन् । स्वास्थ्य परिक्षणमा देखा परेका समस्याहरुको निःशुल्क औषधी समेत वितरण गरिएको छ । विद्यालयका प्रिन्सिपल लेखनाथ गैरेले स्वास्थ्य परिक्षणमा रोगको पहिचानका साथ परामर्श सेवा समेत गराएको र विद्यार्थीहरु स्वास्थ्य रहुन भन्ने आफ्नो चाहना रहेको बताउनुभयो । आगामी दिनमा पनि विद्यालयले विभिन्न स्वस्थ्य सम्वन्धी शिविर विद्यालयमा चलाउने र विद्यार्थीहरुको स्वास्थ्यमा विशेष ध्यान दिने उपकार अनलाईनलाई बताउनुभयो ।

यस्तै नर्सरी देखि कक्षा १ का साना साना विद्यार्थीहरुलाई पृथ्वी बचाउनका लागि भन्देै फुलका विरुवा लगाउन सिकाइएको छ । कक्षा २ देखि ६ सम्मका विद्यार्थीहरुलाई बोल्ने कलाको विकास गराउन उद्घोषण तालिम दिइएको छ भने कक्षा ७ देखि १० सम्मका विद्याथीहरुलाई सिपयुक्त शिक्षाका लागि दुना टपरी तथा दुवोको माला बनाउने तालिम दिइएको छ । कक्षा ७ मा अध्यनरत अर्पिता बस्यालको जन्मदिनको अवसर पारेर विद्यालय परिसरमा बस्यालले जमुनाको विरुवा समेत लगाएको विद्यालयका प्रिन्सिपल गैरेले बताउनु भयो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमराज पोख्रेलले अवको शिक्षा एक विद्यार्थी एक सिप हुनु पर्नेमा जोड दिनुभयो । सैनामैनामा बुद्ध इङलिस स्कुल  एक यस्तो स्कुल हो यस स्कुलमा पढेका विद्याथीहरुले भोलि यो विद्यालय छाडदै गर्दा हातमा एक सिप लिएर छाड्ने बताउनुभयो । त्यसैले अहिले यो स्कुल धेरै विद्याथी र अभिभावकको रोजाइमा परेका समेत जानकारी गराउनुभयो ।

 

No description available.No description available.

No description available.

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation