दुई प्रदेशमा भारी वर्षा र अन्यमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा उत्तरतिर सरेकाले नेपालका केही भूभागहरुमा मात्रै भारी वर्षाको सम्भावना रहेको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो गण्डकी प्रदेशका एकदुई स्थान र राति कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पूर्वानुमान् छ।

उनका अनुसार न्यूनचापीय रेखा अहिले भारत नजिक रहेकाले नेपालमा एकाध स्थानबाहेकमा हल्कादेखि मध्यम वर्षाको मात्रै सम्भावना छ। अहिले पनि गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको मानन्धरले बताइन्। काठमाडौं उपत्यकामामा पनि दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिइन्।

उनका अनुसार वर्षा कम भएपछि तराईका भूभागहरूमा तापक्रम बढेको छ। हिजो जनकपुरको तापक्रम ३६ डिग्री सेल्सियस पुगेको थियो। विराटनगर, सिमरा, नेपालगञ्ज लगायतका भूभागरहरूमा गर्मी महशुस गरिएको छ। काठमाडौं उपत्यकामा औसत तामक्रम २८ देखि ३० डिग्री रहनेछ।

वर्षा हुने स्थानहरूमा जलसतह बढ्ने, बाढी, पहिरोको सम्भावना रहने हुँदा सतर्कता अपनाउन मौसम पूर्वानुमान् महाशाखाले अनुरोध गरेको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation