गुल्मीको मुसीकोटका वडाध्यक्ष घिमिरे मृत भेटीए

बुटवल । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।

बिहान करिव ५ बजे आसपास फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

सुक्रवार अपरान्ह घरबाट निस्केका घिमिरे रातभर घर नफर्केको पारिवारिक श्रोतले जनाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।
घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन।

Screenshot_20230819_08245216924139501692416300.jpg

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation