
विमल गैरे, सैनामैना ।
अखिल नेपाल महिला संघ (अनेमसंघ) सैनामैना नगर कमिटीको प्रथम नगर सम्मेलनबाट मञ्जु ज्ञवालीको नेतृत्वमा ३१ सदस्य कमिटि गठन भएको छ ।
शनिवार पार्टिकार्यलयको सभाहलमा सम्पन्न सम्मेलनले ज्ञवालीलाई निर्वाचित गरेको हो । यस्तै उपाध्यक्षमा देवि कार्की, सचिव लिला रेग्मी सापकोटा, कोषाध्यक्ष जमुना पुन सुनार, सह–सचिव रेश्मा कुवर चयन भएका छन् । सदस्यहरुमा शारदा चालिसे, मैना परियार, गिता भण्डारी, विष्णु थारु, सारदा ढकाल, अस्मिता भुषाल, सावित्रा कुवर, शारदा शर्मा, राधा पन्थी जिसि, फुल कुमारी बिक, सिमा थापा क्षेत्री, जमुना भण्डारी, मनरुपा बिक, कमला घिमिरे, अजिता पाण्डे, राधा पोख्रेल, सरस्वती थारु, तारा पन्त, सीता ज्ञवाली, पार्वती बिक, विपना परियार, धन कुमारी खनाल, सीता भुषाल पौडेल, कमला सुनार, रिता घिमिरे र सरिता आचार्य चयन भएका हुन् ।
कार्यक्रममा बोल्दै ज्ञवालीले अब देशमा महिलाको नेतृत्वको आवशयक रहेको र हरेक क्षेत्रमा महिलाको हितमा कार्यक्रमहरु लिएर आउन जरुरी रहेको बताएकी छन् ।