
काठमाडौँ । संघीय संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् ।राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मंगलबार बिहान साढे ८ बजे शितल निवास बोलाइएको हो ।
सुन प्रकरणलाई लिएर विपक्षी दल नेकपा एमालेले पटक-पटक संसद् अवरुद्ध पार्दै आएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रपति सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसअघि राष्ट्रपति पौडेललाई भेट्दै संसद्को गतिरोध अन्त्यको लागि पहल गर्न आग्रह गरेका थिए ।