कपिलवस्तुको बाणगंगामा कुलोले बगाउँदा एक महिलाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा कुलाले बगाउँदा एक महिलाको ज्यान गएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोल निवासी गंगाराम थारुकी श्रीमती अन्दाजी ५० वर्षीय गुड्ढी थारुको माछा मार्ने क्रममा कुलोले बगाएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । ईलाका प्रहरी कार्यालयका अनुसार मृतक महिलाले बिहानको समयमा कुलोमा माछा मार्नै क्रममा बगाएको थियो । उनको शव झण्डै एक किलोमिटर तल फेला परेको हो ।

मृतक थारुका श्रीमान सहित २ छोरी र एक छोरा छन् । उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation