कर वृद्धि गरि जनताको ढाड नसेक्न नगरपालिकालाइ रास्वपा बाणगङ्गाको चेतावनी

कपिलवस्तु। राष्ट्रिय स्वतन्त्र पार्टी बाणगङ्गा नगर सभापति बुद्दी सागर बेल्बासेको नेतृत्व मा नगरपालिका प्रमुख चक्र अर्याल लाई चेतावनीमुलक प्रेस बिग्यप्ती बाचन गरि सुनाएर पत्रकार लाई हस्तान्तरण गरिएको छ। बाणगंगा नगरपालिकाको सेवा सुविधा कम तर ऐकिकृत सम्पती कर दोब्बर बनाएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गर्दै पत्रकारलाई प्रेस विज्ञप्ती बुझाएका छन् ।

यस अगाडी बुझाएको ज्ञापन पत्रको सुनुवाई नै नभएको भन्दै पत्रकार महासंघका कोषाध्यक्ष मोहन बेल्वासे मार्फत सिंगो संचार क्षेत्रबाट समेत सुसुचित गर्न , जन दवाव श्रीजना गर्न र दवाफदेही बनाउन प्रेस विज्ञप्ती जारी गरिएको नगर सभापती बुद्धि सागर बेल्वासेले जानकारी गराएका थिए । जारी विज्ञप्तीमा प्रश्न गर्दै भनिएको छ “ नगरवासी किसान ,उद्योगी,व्यापारी,तथा अन्य नगरवासीको दैनिक जिवन यापनमा सुधार हुने के कस्ता कार्यक्रम ल्याउनुभयो ? विना सेवा सुविधा कर वृद्धि गर्न कुन नैतिकताले दिन्छ ? राज्यको ढुकुटिबाट तलव सुविधा खाने वर्गको हित हुने गरी ल्याईने ऐन, कानुनहरु, धनि वर्गको पक्ष पोषण गर्ने , चर्को शुल्क तिरेर पढ्नेको पढाई मात्र गुणस्तरिय हुन्छ भन्ने मनोवृद्धि रहदा सम्म नगरको सहि योजना बन्न सक्दैन” भन्दै चेतावनी स्वरुप घर जग्गा कर वृद्धि को निर्णय खारेजीको माग गरेको छ ।

साथै विज्ञप्तीमा अगाडी भनिएको छ “ नगर भित्रको यावत समस्याको समाधानका लागी नगरले गरेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी ले सहयोग र सहकार्य गर्ने भन्दै हरेक वेथिति विसंगतिका विरुद्ध सम्पुर्ण किसान उद्योगी, व्यापारी मजदुर तथा आम नगरवासी को समेत उपस्थितिमा गरिने जनदवावको जवाफदेहीता स्वयम नगरले लिनुपर्ने जनाएको छ । यता यस सन्दर्भमा पत्रकारसँग संक्षिप्तमा बोल्दै नगर प्रमुख चक्र अर्यालले एकृकित सम्पती करमा केही वृद्धि भएको र सो विषय आफु एक्लैले नगरेर कार्यपालिकाको निर्णय अनुसार भएको भन्दै उद्योग वाणिज्य संघ संग यस विषयमा छलफल चलिरहेको भन्दै केही दिनमा कम गर्न सकिने बताए ।

रास्वपाले यस अगाडी किसानले पालेका पशुमा लम्कि स्किनको प्रकोपले किसान मारमा परेको र त्यो तत्काल उपचार व्यवस्था मिलाउनुपर्नै , छाडा चौपाया व्यवस्थापन गर्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाएको बताएको छ।जनताको दैनिक जीवन स्तर कस्टकर भैरहेको अवस्थामा राज्यबाट केही सुविधाको आशामा आम किसान,उद्योगि,ब्यबासाइ,मजदुर तथा नागरिक रहेको अवस्था मा उल्टै जनता नङ्गाउने कसरत मा राज्य लागेमा मान्य नहुने र यस्ता किसिमका हरेक बेथिति र बिसंगतिका बिरुद्द्मा सबै नागरिक एक भएर सुसासन र समृद्धि को लागि अगाडि आउन समेत रास्ट्रीय स्वतन्त्र पार्टी बाणगङ्गा ले नगर बासिलाइ आभ्हान गरेको छ।आजको उक्त कार्यक्रम बाणगङ्गा नगरपालिका सभापति बुद्दिशागर बेल्बासे सहित वडा नम्बर २,५ र ८ का सभापति क्रमश षडानन्दा न्यौपाने ,धनिस्वर खनाल,गोबिन्द जि सि र वडा नम्बर १ का सदस्य बिस्णु खराल को प्रतिनिधिमुलक उपस्थिति मा गरिएको थियो ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation