बाणगंगा १ मा डेङ्गी नियन्त्रणको लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

कपिलवस्तु । डेङ्गु रोग नियन्त्रणका लागि कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १ मा ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग फैलन सक्ने भन्दै वडाले लार्भा खोज र नष्ट गर अभियान आज शनिवार देखि सुरु गरेको हो ।

वडा अध्यक्ष सञ्जु सारु मगर, वडा सदस्यहरु, महिला स्वयमसेविवका, स्थानिय लगायतको उपस्थितीमा सुरु भएको कार्यक्रमले टोल–टोलमा डेङ्गीबाट बच्ने सन्देशसहित माइकिङ गर्ने, प्रचार प्रसार गर्ने र लार्भा नष्ट गर्ने लगायतका कार्य गरेको वडा अध्यक्ष मगरले बताउनु भएको छ ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि उक्त रोग फैलन सक्ने भएकाले समयमा नै रोकथाम तथा नियन्त्रण गर्न यो अभियान महत्वपुर्ण सावित हुने वडा अध्यक्ष मगरले बताउनु भएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation