दार्चुलामा मट्टीतेल छर्केर आगो लगाएकी महिलाको मृत्यु

दार्चुला । मट्टीतेल छर्केर  आगो  लगाएकी दार्चुलाकी महिलाको धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।

गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि घाइते महिलालाई थप उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटन पुग्ने बेला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

आइतबार जिल्लाको शैल्यशिखर नगरपालिका–५ सेतकलाकी ४५ वर्षीया सुना साउँदले घरमा कोहि नभएको बेला आफ्नै शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्।

घाइते साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको थियो। आगो लागेको स्थानीयले देखेपछि साउँदलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation