कपिलवस्तुको शिवराजमा खोलामा डुबेर एक वृद्धको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ मदवाका एक वृद्धको खोलामा डुबेर मृत्यु भएको छ।  स्थानीय ७० वर्षीय सालिके कामीको वनशक्ति टोलस्थित काँडे खोलामा डुबेर आइतवार राति मृत्यु भएको हो।

घरदेखि करिब ६ सय मिटरको दुरीमा रहेको खोलामा माछा मार्न गएको अवस्थामा अचानक डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक मीन बहादुर घलले बताए।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation