गुल्मीबाट बुटवल आउदै गरेको स्कार्पियो पहीरोले पुरीयो, ३ जनाको मृत्यु

उपकार अनलाईन, रुपन्देही ।

पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्। गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा परेको हो। पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ८ जनालाई उद्धार गरिएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको भाडाको स्कारपियो बिहान  ८ बजे पहिरोले च्यापिएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक राजकुमार चापागाईले बताए। पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ।

 

May be an image of offroad vehicle and jeep

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation