एमसीसीविरुद्ध राष्ट्रिय जनमोर्चाद्वारा बुटवलमा प्रदर्शन

बुटवल । राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोधमा बुटवलमा प्रदर्शन गरेको छ ।बुटवलमा आयोजित कोणसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलमले एमसीसी नेपाल र नेपालीको हितमा नभएको बताए ।

एमसीसी परियोजनाले नेपालको सार्वभौमिक, स्वतन्त्रता र स्वाधीनतामाथि गम्भीर खतरा रहेको भन्दै उनले एमसीसी खारेजी गर्नुपर्ने बताए ।नेकपा मसाल रुपन्देहीका प्रवक्ता लालचन पन्तले एमसीसी अमेरिकाको सहयोग नभई लगानी भएकाले खारेज गर्नुको विकल्प नभएको बताए ।

राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीले कोशी, गण्डकी सम्झौता र महाकाली सन्धि नेपालीले विरोध गर्दागर्दै पास गरिँदा अहिले धोका भएको बताउँदै एमसीसी पनि नेपालको लागि धोका हुने बताए ।  सर्तसहितको एमसीसी र संघीयता नेपालको हितमा नभएको उनको भनाइ छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation