कञ्चन गाउँपालिकाको घुम्ती शिविरबाट १४ सय बढीले सेवा लिए

कञ्चन ।  रुपन्देहीको कञ्चन गाउँपालिकाले सेवाग्राहीलाई गाउँ गाउँमै सेवा पु¥याउने उद्देश्यले आयोजना गरेको घुम्ती शिविरमा १४ सय बढीले सेवा लिएका छन । घुम्ती शिविरमा ब्यवसाय दर्ता, कर तिर्ने, संघ संस्थाहरुको दर्ता नविकरण तथा ज्येष्ठ नागरिक परिचय वितरण गर्ने व्यवस्था गरिएको थियो ।

कञ्चनका ५ वटा वडामा हरेक वडामा दुई दिनको दरले घुम्ती शिबिर संचालन गरिएको थियो । कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले घुम्ती शिबीरको मूख्य उद्देश्य भनेको जनतालाई वडा वडाबाटै सहजरुपमा सेवा दिने प्रमुख उद्देश्यले आयोजना भएको बताउँदै शिविरबाट सेवाग्राहीलाई पालिकामै आउनुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो ।

कञ्चन गाउँपालिकाले व्यवसाय कर नतिरेका व्यवसायीलाई असोज मसान्तभित्र कर तिरेमा दुई बर्षसम्मको व्यवसाय कर निशुल्क गर्ने व्यवस्था गरेको छ । पालिकामा गएर कर तिर्नुपर्ने, संघ संस्था नबिकरण गर्ने झञ्झटबाट सेवाग्राहीलाई सहज गर्न वडा तहमै नबिकरणको व्यवस्था गरिएको थियो ।

भदौ ३ देखि सुरु भएको घुम्ती शिविर भदौ १३ गतेसम्म सञ्चालन भएको हो । घुम्ति शिबिरबाट २४ वटा आमा समूह तथा युवा क्लब नबिकरण भएको छ । ११४० जना जेष्ठ नागरिकलाई परिचय पत्र बितरण भएको छ । ८६ जना ब्यवसायीले ब्यवसाय दर्ता गरेका छन भने २ सय ६ जना ब्यवसायीले ब्यवसाय नबिकरणको सेवा लिएका छन । १० दिने शिविरबाट पालिकाले ९ लाख ३९ हजार ५ सय चौसठ्ठी रुपैया राजश्व संकलन भएको पालिकाले जनाएकोे छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation