
काठमाडौँ । कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डीआरसी) मा बुधबार संयुक्त राष्ट्रसंघविरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।
कंगोका सैनिकले गोमा सहरमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेको थियो । सुरक्षा अधिकारीहरूले पुष्टि गरेको सेनाको आन्तरिक दस्तावेजमा प्रहरीसहित ४८ जनाको मृत्यु भएको र ७५ जना घाइते भएको उल्लेख छ ।
उक्त आक्रमणका क्रममा धेरै धारिला हतियारहरू जफत गरेको र सम्प्रदायका नेतासहित १६८ जनालाई गिरˆतार गरेको सैनिक अधिकारीहरूले दाबी गरेका छन् ।
प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी भाग तीन दशकदेखि सशस्त्र लाडाकुको हिंसाको चपेटामा परेको छ । जुन सन् १९९० र सन् २००० को दशकमा भड्किएको क्षेत्रीय युद्धको विरासतसमेत हो ।